ज्ञानेन्द्र शाही फेरी प्रहरी परिसर टेकुमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाही फेरी प्रहरी परिसर टेकुमा पुगेका छन्। सुर्खेतमा पक्राउ पर्दा प्रहरी प्रशासनले राखेको उनको मोबाइल अझसम्म दिएको छैन। त्यसैबारे बुझ्न ज्ञानेन्द्र शाही चौकी धाएका हुन्।

पूर्णपाठमा आफुमाथि लागेको मुद्दा खारेज भएको लेखितरुपमा आइसक्दा पनि आफ्नो मोबाइल नदिएको भन्दै उनले गुनासो पोखे। यसैबीच उनले सुर्खेतमा आफुमाथि दमन गर्ने प्रहरीमाथि मुद्दा दर्ता गरेपनि छानवीनको प्रक्रिया अगाडी नबढाएको भन्दै दुख व्यक्त गरे।

कानुनको दुरुपयोग भएको बताउँदै उनले भने, ‘प्रहरीमाथि छानविन सुर्खेतले नै गर्ने र आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै टेकुका प्रहरी प्रमुख पन्छिए। मुद्दा दर्ता भएपछि छानविन जुन ठाउँबाट पनि गर्न सकिन्छ।’  नेपालको कानुनबाट न्याय नपाए आफु अन्तराष्ट्रिय अन्दालत जाने उनले बताए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू