ज्ञानेन्द्र शाही व्यक्ति होइनन् विचार हुन्…..

मनिषा थापा

पिएनपिखबर : २०७६ साल जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ परेका ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भई यतिबेला काठमाडौंको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारार्थ छन्।

उनै ज्ञानेन्द्र शाहीको रिहाइको माग गर्दै गत शनिबार ‘नेपालका लागि नेपाली’ अभियान र अन्य विभिन्न संघ-सस्थाका तह तप्कामा आवद्धित व्यक्तिव विशेष र नागरिक अभियानताहरुले माइतीघर मण्डलादेखि बानेश्वरसम्म पुगेर शान्तिपूर्वक विरोध प्रदर्शन गरेका थिए। विभिन्न नारा जुलुस लगाउदै माइतीघर मण्डलाबाट उठेको जुलुस बानेश्वरमा पुगेर कोणसभामा परिणत भई शान्तिपूर्वक समापन भएको थियो।

उक्त सम्मेलनमा नेपाल प्रहरीका पुर्व डीआइजी रमेश खरेलले समेत् ‘नेपालका लागि नेपाली’को नागरिक आन्दोलनलाई समर्थन जनाउँदै आफ्ना अभिव्यक्तिहरु दिँदा आम नागरिकले उनको वाहवाही र जयजयकार गाईरहेका थिए। पछिल्लो समय जुन घटना ज्ञानेन्द्र शाहीमाथि भएको छ त्यो कति निन्दनीय छ। यतिसम्मको निच क्रुरतापुर्वको व्यवहार हिरासतमा लिईसकेपछी त कुख्यात अपराधिलाई पनि गरिनुहुदैन। झन् उनी त देशको भलो चिताउने मान्छे, आम नेपालीको गुनगान गाउँने मान्छे त्यस्तो व्यक्तिमाथि भएको यो निर्घिणी पाप हिसाब चुक्ता गर्न आम नागरिक सडकमा उत्रिएका छन्।

क्रुरता पुर्वक हिरासतमा राखेर २५ मिनेटसम्म वेहोस् नहुन्जेल कुटिएको भनेर ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएका छन् यदि यो अभिव्यक्ति साँचो हो भने सरकारको यो कार्य असाद्धै निन्दनीय छ। हामी ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पतालको शैयामा पुग्दा उनले आँखाभरी आँसु छचल्काउदै भने, ‘सरकार मैले के गल्ति गरेको थिए र ? आज यो सजाय दिइरहेका छौ, भ्रष्टाचार नगर भने के मेरो गल्ति यहि हो र ? शिक्षा, स्वास्थ्य र रोजगारमा आम नागरिकको समानता र समतापुर्व पहुँच पुग्नुपर्छ भने के यहि हो गल्ति ? एनसलले भ्रष्टाचार गर्यो ! त्यो कर तिर्नुपर्छ भनेर मुद्धा हाल्यौ र जित्यौ पनि यदि एन्सलले त्यो कर तिर्यो भने त्यो पैसा ज्ञानेन्द्र शाहीको खातामा आउदैन, त्यो पैसा राज्यको खातामा जान्छ र त्यो पैसाले सम्पूर्ण नागरिकलाइ शिक्षा स्वास्थ्य निशुल्क दिन सकिन्छ मैले यहि आवाज उठाएको थिए मैले के गल्ति गरेर सरकार ? नागरिकता नबेच भने, नागरिकता बेच्योभने देश डुब्छ, देशलाई फिजीकरण र सिकिमिकरण हुनबाट बचाउन अनाहाकमै नागरिकता नबाँड भन्दामैले राज्य विरोधी के काम गरेर सरकार ? सामान्य कर्मचारी देखि राष्ट्रिय स्तरका उच्च पदष्ट व्यक्तिहरुले गरेको भ्रष्टाचारको छानबिन गर, निर्वाद रुपमा मौलाइरहेको भ्रष्टाचारमा रोकावट लगाउ यदि भ्रष्टचारी सारा पैसा जफत गर्ने हो भने शिक्षा, स्वास्थ्य, यातायात, संचार र खानेपानीमा सदुपयोग गर्न सकिन्छ भने। म माथि अत्यासित खन्निएका कर्मचारीहरुको तलब समेत् दोब्बर बनाउन सकिन्छ भने प्रहरीबन्धु के मैले गल्ति गरें त ? मैले मेलम्चीको पानी समयमै उपभोग गर्न पाउनुपर्छ मेलम्चीमा भ्रष्टचार भएको कारण आएन भनेर आवाज उठाएँ। के भ्रष्टचारविरुद्ध बोल्नु , भ्रष्टचार नगर भन्दा म राज्यको ठुलो अपराधी भएँ त ? भनेर ज्ञानेन्द्र शाहीले गहभरी आँसु पार्दै भनेका थिए। यसो भनिरहदा, सरकार के ज्ञानेन्द्र शाही देशकै नामुक अपराधि नै हुन् त ? यसरी मस्तिष्कमा नै आघात हुनेगरि निर्ममतापूर्व कुटिएको छ।

अझ प्रहरी प्रवक्ता डिआइ जी विश्वराज पोखरेलले समेत् प्रहरीले उनलाई कुटेकै छैन, प्रहरी प्रशासनमा उनलाई राखेकै छैन, सुर्खेतमा धर्पकट गरेर भाग्न खोजेका थिए भनेका छन्। उनको भनाईलाई कसरी सत्य मान्ने किनकि भिडियोमा समेत देखिएको छ कि उहाँलाई मंचबाटै समातेर लछारपछार पारेर प्रहरीको भ्यानमा नभई अर्कै सार्वजनिक भ्यानमा राखेर ल्याएको छ र त्यहाँ चाँही भनिएको छ शाही भाग्दै थिए २०० मिटरपर भागिसकेपछी समात्न खोज्दा हात थपाई भयो जुन डी. आइ. जी. पोखरेलले फोन गरेर सोध्दा त्यहाँका डी. एस. पि. ले भनेका रहेछन। तर यो सरासर गलत हो। ज्ञानेन्द्र शाहीको भनाई अनुसार, डी. एस. पि. स्वयम्ले कुटेका छन्। हातपात गर्ने माथि अपराधको मुद्धा चलाउनु पर्ने ठाउँमा कुट्ने मान्छेलाई चाँही सफाइको कुरा सोधेर प्रहरी चोखिन मात्रै खोज्ने हो त ? यसरी कुटपिट गर्ने प्रहरीलाई नै चोख्याउन बलजफ्ती भइरहेको छ। कसको आदेशमा कुटियो, किन कुटियो ? भ्रष्टाचारको विरुद्धमा बोल्दैमा, केहि पत्रकार रुष्ट हुदैमा, कर्णाली प्रदेशका मुख्यमन्त्री रुष्ट हुदैमा यसरी आघात हुनेगरी निर्घात रुपमा कुट्न पाइन्छ ? के यहि हो गणतन्त्र ? यहि हो लोकतन्त्र ? के यहि हो प्रधानमन्त्रीले भने जस्तै विधिको शासन ? ज्ञानेन्द्र शाहीले आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा कसैको व्यक्तित्वमा केहि गालिगलौच मेल खान गयो होला। के त्यो गालीगलौच साइबर क्राइम भित्र पर्छ त ? अनि अदालतले पक्राउ पुर्जी दिएको मान्छेलाई हिरासतभित्र शारीरिक र मानसिक यातना दिनु के त्यो कानुनरुपी छ, विधान सम्वद्ध र नियमसंगत छ त ? यतिसम्म की अस्पतालमा उनको आफन्त भेट्न जाँदा कसैले सोध्यो भने को हुन् यिनीहरु भन्दा त्यो विप्लपको मान्छे भन्छन रे त्यहाँका डाक्टरहरु। के ज्ञानेन्द्र शाही साँच्चै विप्लपका मान्छे हुन् त ? विप्लपको कर्मचारी र आतंककारी हो भनेर ट्रमा सेन्टरका डाक्टर, नर्सहरुले समेत अफवा फैलाइरहेका छन् रे। भ्रष्टाचारको विरुद्धमा बोल्दा के ज्ञानेन्द्र शाही विप्लपका मान्छे भए ? यस्तो कुराको हामी घोर विरोध गर्छौं। अथक आपत्ति जनाउँदै यो कुराको घोर निन्दा गर्छौं।

राजनैतिक बदनियतबस् नै उहाँमाथि यस्तो हमला भयो र हमला भईसकेपश्चात पनि कु-नियतिकासाथ राजनीतिकरण भईरहेको छ। यहाँ केहि राजावादी भनिएकाहरु, केहि विभिन्न संगठनका व्यक्तिहरु ज्ञानेन्द्र शाहीको अभियानलाई हाम्रो अभियान भनेर अगाडी उफ्रिरहेका छन्। मूलतः खास ज्ञानेन्द्र शाही एक स्वतन्त्र नेपाली नागरिक मात्र हुन्। उनी कुनै संघसस्था होइनन्, पार्टीको प्रवक्ता पनि होइनन्। ज्ञानेन्द्र शाही कुनै एक व्यक्ति मात्रै होइनन् उनी आम नेपालीको गतिलो र गहकिलो विचार हुन्। जुन विचारले सबल र समृद्ध स्वाभिमान नेपालको भविष्यको सर्वोत्कृष्ट रेखा कोरेको छ।

प्रतिक्रिया