ज्ञान सुब्बा र कला चेम्जोङको युगल गायनमा ‘झरना झरी’ सार्बजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ३ मङ्सिर  :  गायक ज्ञान सुब्बा र गायिका कला चेम्जोंगको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्टले गरेका छन ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाही मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आसबादी रहेका छन ।

गीतलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण महेन धोज खण्डले गरेका हुन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया