ज्याक डोर्सीको पहिलो ट्वीट नै ३३ करोड ६० लाखमा बिक्री

admin

एजेन्सी, ११ चैत : ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेको बीबीसीले जनाएको छ । डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गरेका थिए । डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गरेका थिए ।

जसमा लेखिएको थियो, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’ भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुने गर्छ । केही समय पछि मोनालिसाको चित्र जस्तै मानिसहरुको यस ट्वीटको पनि महत्व बुझ्ने एस्टेवीले ​बताएका छन् ।

पन्ध्र वर्ष पुरानो ट्वीटलाई एनएफटी अर्थात् नन फन्जिबल टोकनको रुपमा बिक्री गरिएको छ । एनएफजी कुनै पनि चिजको गुणस्तरीयताका आधारमा दिइने डिजिटल प्रमाणपत्र हो । डोर्सीले ट्वीट लिलामी मार्फतको रकम बिटक्वाइनमा प्राप्त गरेका छन् । यस्तै ट्वीट बिक्रीबाट प्राप्त रकम एक परोपकारी संस्था ‘गिभ डाइरेक्ट्ली’लाई दान दिइएको छ । यस संस्थाले कोरोना भाइरसका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारलाई सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया