ज्योतिष अर्जुन क्षत्री पुर्पक्षका लागि कारागार चलान

admin

काठमाडौं, साउन २४ : आफूलाई ‘अख्तियारको सहसचिव’ भएको भन्दै ठ’गी गर्दै हिँडेको आरोपमा प’क्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जे’ल चलान भएका छन् ।

गत असार २६ मा नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै ५० लाख कमिसन माग गर्दा अख्तियारको फन्दा परेका क्षत्री सहित राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्र’हरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस्तै क्षत्रीसँगै प’क्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १/१ लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए । त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् । क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा प’क्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया