ज्योतिष अर्जुन क्षत्री प’क्राउ

admin

काठमाडौँ, २६ असार ‘ज्योतिष’ अर्जुन थापा क्षत्री प’क्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार प’क्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई प’क्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा प’क्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया