ज्योति मगर र रुद्रसेन विश्वकर्माको मैथिली गीत “कानोमे आँहाके झुम्का” सार्वजनिक[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ५ साउन  :  चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली “कानोमे आँहाके झुम्का” बोलको गीत सार्वजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गीत “कानोमे आँहाके झुम्का” भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी विश्वकर्माले निर्माण गरेकी हुन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया