झापाका पौडेल आईतबार देखि बेपत्ता

admin

बिर्तामोड १० मंसिर : बिर्तामोडका एक युवा आईतवार दिउसोबाट बेपत्ता भएका छन् । झापा सिवगंञ्ज–६ घर भई बिर्तामोड–५ बस्दै आएका पर्वत पौडेल एका–एक बेपत्ता भएपछी आफन्तजनहरुले खोजीकार्यको लागी मंगलवार इलाका प्र’हरी कार्यालय बिर्तामोडमा निवेदन समेत दिएका छन् ।

किन एका–एक पर्वत कसैलाई जानकारी नदीईकन बे’पत्ता भएका हुन भन्ने बारेमा प्र’हरीले खोजीकार्य गरीदियोस भनी आमा मिना पौडेलले प्र’हरीमा निवेदन दिएकी छन् ।

पौडेलले एक महीना अघी आफ्नो फेसबुक वालमा १४ दिन देखी मान्छे हराएको र सम्बन्धीत प्र’हरी कार्यालयमा जानकारी गराउन अनुरोध सहितको आफ्नो तस्वीर राखेर टिकटक बनाई सम्प्रेशण समेत गरेका छन् ।

पौडेल परिवारले देख्नुहुने महानुभावहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोड, नजीकको प्र’हरी कार्यालय र ९८१४९३१०४६ यात ९८४२७७४३८० मा संम्पर्क गरिदिनको लागी सबैमा अनुरोध समेत गरेका छन् । पर्वत पौडेल मातापाथीभरा सहकारी बिर्तामोडमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया