झापामा भेटिए प्रमोद खरेलको जस्तै दुरुस्त आवाज भएका प्रतिक चापागाईं [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। प्रमोद खरेलको जस्तै दुरुस्त आवाज भएका प्रतिक चापागाईं प्रमोद खरेल कै फ्यान हुन्। उनी कक्षा १० मा अध्ययनरत छन्। आफ्नो अध्ययन सँगसँगै उनले सांगीतिक क्षेत्रलाई पनि समय व्यवस्थापन गरेर लागिरहेका छन्।

बिहानै उठेर संगीतको रियाज गर्ने त्यसपछि विद्यालयको लागि रेडी हुन्छन्। नौ बजे देखि ४ बजे सम्म विद्यालयमा नै व्यस्त रहन्छन्। घर फर्केर गृहकार्य गर्ने देखि पढ्ने, गीत गाउने गर्छन्। यसरी नै बित्छ उनको दिनचर्या।

झापामा नै उनले एकपटक उनको आइडल प्रमोद खरेललाई भेटिसकेका छन्। पहिलो भेटमा खुलेर केहि बोल्न नपाएकोले उनलाई पुन: एकपटक प्रमोद खरेललाई भेट्न मन छ। प्राय जसो उनलाई क्लासिकल गीत मन पर्ने भएकोले उनी प्रोमोद खरेलको नै गीत गाउन मन पराउछन्।

नेपालमा सागीतिक क्षेत्रलाई प्रोत्साहन दिन गायन रियालिटी शोहरु अहिले नेपालमा भित्रिरहेको छ। उनले यस्ता गायन रियालिटी शो मध्य नेपाल आइडल र भ्वोइस अफ नेपाल हेर्छन्। तर उनलाई रियालिटी शो हेर्न खासै चाख भने उनलाई लाग्दैन।

भविष्यमा उनलाई एक कुशल गायक बन्न मन छ। सांगीतिक क्षेत्रमा लगेर उनलाई आफ्नो तर्फबाट केहि योगदान पुर्यान मन छ। त्यसको लागि उनी अहिले देखि नै रियाज साथै संगीत क्लास लिरहेका छन्।

अन्तर्वार्तामा उनले आफ्नो स्वर्गीय दिदिको सम्झनामा ‘याद गर्न पनि त कोहि न कोहि चाहिदो रहेछ’ बोलको गीत सुनाए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू