झिङ्गाको सरापले डिंगा मर्दैन : डा. बाबुराम भट्टराई

admin

काठमाडौं, १२ साउन : जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि डा. भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र भएको टिप्पणी गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘झिङ्गाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुन पर्दैन, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र हुन् भन्न डराउनु पर्दैन । बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।’

प्रतिक्रिया