“टिकटकमा देखेको” सार्वजनिक भएको १ घण्टा नबित्दै अत्याधिक दर्शकले रुचाए, आयुष र अंशुको दमदार प्रस्तुती

शर्मिला गुरुङ

काठमाडौँ, १७ साउन  : गायक तथा संगीतकार टंक बुढाथोकिको नयाँ गीत अर्थात “कसरी कसरी” को सिक्वेल “कसरी कसरी २” सार्वजनिक भएको छ । “टिकटकमा देखेको” बोलको उक्त गीतको भिडियो आज मात्र टंक बुढाथोकेको अफिसियल यूटुब च्यानल टंक बुढाथोकी मार्फत सार्वजनिक गरिएको हो । टंक बुडाथोकी र मेलिना राइको आवाज रहेको सार्वजनिक गीतमा टंक बुढाथोकी स्वयमकै शब्द तथा संगीत रहेको छ। 

पाँचथर जिल्लाबाट कलाकारितामा उदाउँदै गरेका ८ वर्षीय आयुष गुराँगाईं र ९ वर्षिया अंशु गुराँगाईंद्वारा अभिनित यस भिडियो सार्वजनिक गरिएको १ घण्टा नबित्दै दर्शकले अत्याधिक रुचाएका छन् । नेपालका चर्चित नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोमा आयुष र अंशुको अलावा गायक  टंक बुढाथोकी र मेलिना राई, सुनिल क्षेत्री, टिकटकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनी दिपा र दमन्ता श्रेष्ठ, एआर बुडाथोकी लगायतका कलाकारलाइ देख्न सकिन्छ । 

हेर्नुहोस “टिकटकमा देखेको” गीतको भिडियो :

प्रतिक्रिया