टाइगर श्राफ र आलिया भट्ट एकसाथ पर्दामा देखिने

मनिषा थापा

एजेन्सी : एक्सन स्टार टाइगर श्राफ र आलिया भट्ट अब एक साथ देखिने भएका छन् ।फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’मा नायक टाइगर श्राफ र आलिया भट्टले एकसाथ काम गर्न लागेका हुन् । फिल्मलाई करण जोहरले निर्देशन गर्नेछन् ।

यो चलचित्र मे १० बाट रिलिज हुँदैछ ।भारतिय मिडियाका अनुसार उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् ।

आगमी साता आलिया र टाइगरको गीत खिचिने बताइएको छ । आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् ।गीतको छायांकनका लागि सुबुरबन स्टुडियोमा भब्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले करियोग्राफी गर्नेछन् ।फिल्ममा वरुण धवन र सिद्धार्थ मल्होत्राको भुमिका रहेको छ भने नन्या पाण्डे र तारा सुतरियाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू