टानद्वारा वार्ता समिति गठन

admin

काठमाडौँ, १२ मङ्सिर: ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूर सङ्गठनका माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । टान कार्यसमितिको आजको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता समिति गठन गरेको हो । तालाबन्दीबाट मात्र समस्याको समाधान नहुने भन्दै टानले तत्काल वार्तामा बसी समस्याको समाधान गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सम्झौताबमोजिम सेवासुविधा बढाउन माग गर्दै पर्यटन क्षेत्रका विभिन्न मजदूर सङ्गठनले दबाबस्वरुप यही मङ्सिर १० गतेदेखि टानमा सचिवालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण अत्यन्त महत्वपूर्ण दैनिक कार्य सञ्चालन गर्नसमेत अवरोध भएको र मजदूरले राखेको मागप्रति टान सधैँ सकारात्मक रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्ष दाहालले कसैको हल्लाको पछि नलागी टान र मजदूरबीचको सहकार्यलाई बलियो बनाउँदै पर्यटन विकास र प्रवद्र्धनमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ ।
-रासस

प्रतिक्रिया