टिकटकमा भाईरल बनेकी सुनिता बोल्न र सुन्न सक्दिनन् तर पनि कोहि भन्दा कम छैनन् [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २४ असार  : टिकटकमा भाइरल सुनिता थापा बोल्न र सुन्न सक्दिनन् । आमा मैना थापा र बुबा कुलबहादुर थापाको कोखबाट स्याङ्गजा ९ चापाकोटमा जन्मिएकी सुनिताले करिब १२ बर्षको कलिलो उमेरमा बिरामी परेर दुर्भाग्यवश सुन्ने र बोल्ने शक्ति गुमाउन पुगिन । उनले बताए अनुसार उनलाई १२ बर्षको उमेरमा टाईफाईड भएको र सोहि बिरामीकै कारण आफ्नो बोल्ने र सुन्ने शक्ति गुमेको हो ।

उमेरिले २६ औँ वसन्त टेकेकी सुनिता सुन्न र बोल्न नसके पनि पढ्न र अन्य क्रियाकलापमा भने अब्बल छिन। स्नातक तह पास गरेकी उनि अपाङ्गतामा छनौट भएर जापानमा १० महिने तालिम सकाएर केहि दिन अघि मात्र नेपाल आएकी हुन्। अहिले उनि विभिन्न अपाङ्ग संघ सस्थाहरुमा जाने र काम गर्ने गर्छिन।

हाल उनि स्याङ्गजाकै “Member of syangja association of the deaf ” नामक संस्थामा सदस्य रहेर काम गगरिरहेकि छिन । आफुले यस सस्थामा काम गर्नु अघि “deurali- janta pharmaceuticals pvt ltd ” मा काम गरेको समेत उनले जानकारी दिएकी छिन । सानै उमेर देखि नाच्न र गाउनमा रुचि राख्ने सुनिता भविष्यमा कसैले मौका दिए र समय र जीवनले साथ दिए हिरोइन बन्ने ईच्छा रहेको बताउछिन ।

सुनिता बोल्न र सुन्न नसक्ने भनिए पनि उनि भित्र आवाज अझै पनि रहेको छ । सायद उनले सुन्न नसक्ने भएर होला उनि बोलि पनि गुमेको सोच्ने गर्दछिन । भिडियोमा हेर्नुस उनले सांकेतिक भाषा प्रयोग गरिरहेदा हरेक बाक्यमा उनको बोलि सुनिएको छ । केहि समय यता सामाजिक संजाल एप्स टिकटकमा भिडियो बनाउदै आईरहेकी उनिमा साच्चिकै अभिनयमा रुचि रहेको देखिन्छ । उनले कुराकानीकै क्रममा पनि आकर्षण कला देखाएकी छिन ।

पत्रकारले नेपाली नायक को मन पर्छ भन्दा उनले अनमोल केसीको नाम लिए भने नायिकामा नम्रता श्रेष्ठको नाम लिएकी छिन ।
बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू