टिकटक भिडियाे बनाउँदै गर्दा रेलको ठक्करबाट एक जनाको ज्या’न गयो

admin

काठमाडौँ, माघ १० : पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय टिकटक भिडियो बनाउने क्रमसँगै दु’र्घटना पनि बढ्दै गएका छन् ।

यस्तै एक घ’टना पाकिस्तानमा घटेको छ । रेलमार्गमा टिकटक भिडियो बनाइरहेका एक जना पाकिस्तानी युवाको रेलको ठ’क्करबाट ज्यान गएको छ । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डीको छिमेकमा पर्ने शाह खालिद भन्ने ठाउँमा शुक्रबार घटना घटेको हो ।

स्थानीय प्र’हरीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले जनाए अनुसार रेलमार्गमा हिँडेर टिकटक भिडियो बनाउनमा व्यस्त १८ वर्षीय हम्जा नाभीदको उनका साथी राजा फराकतले टिकटक भिडियो बनाइरहेका बेला गुडिरहेको रेलसँग ठोक्किएर ज्या’न गएको हो ।

प्रतिक्रिया