टिक लगाएर होईन, नेता बन्नलाई राजनीतिक भिजन चाहिन्छ : ऐन महर

मनिषा थापा

– खगेन्द्र हमाल
कर्णाली प्रदेश ६ सुर्खेत : कुनैपनी क्तिको ऐतिहासिक समयरेखाले नै उनीहरुको जीवनको वास्तविकता बताउने गर्छ । प्रसिद्ध व्यकतित्त्वहरुका जीवनमा यस्ता घटनाहरूले प्रमुख भुमिका पनि खेलेका हुन्छन्।जहाँबाट हामीले इतिहासका धेरै पक्षहरुसँग नजिक रहने मौका पाउन सक्छौं।

नेपालको राजनीतिक इतिहासमा परिवर्तनका लागि अहम् भूमिका खेलेका नेपाली विद्यार्थी आन्दोलनको एक कुशल निडर र निर्भीक कमान्डर एवम देशकै सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियूको संयोजक. ऐन महर भन्नुहुन्छ, ‘नेता त्याग, तपस्या, संघर्ष, बलिदान, समर्पण, निरन्तरता, क्षमता, बिचार, भिजन र अनुभवका आधारमा जनताको बिश्वासद्धारा जनमत बाट अनुमोदन भएर हुने हो।’

राजनीतिबाट भित्तामा पुगिसकेका, न्यायालयबाट रिटायर्ड र पत्रकारिताबाट विरक्तिएर राजनीतिमा पुगेकाहरु नेता छान्ने ‘जज’ बनेपछि मूलुकले कस्तो नेता पाउला ?मुलधारको राजनितिलाई असफल सिद्ध घोषणा गरेर एनजीओं /आईएनजीओंको भ्रमजालमा राजनितिलाई चलाउन खोज्ने प्रवृतिबाट सबै आम नेपालीहरु सचेत रहन अतिआवश्यक छ। १० वर्ष जनयुद्ध गरेर हरेक नेपालीमा राजनिती अबरनेस दियो ।

पीडित वर्गलाई आज आफ्नो हक अधिकार माग्न सक्ने बनायो । जनताको परिवर्तनको लागि लडाइँ गर्दा १४ वर्ष जेलमा बीताउने तिनीहरु के पश्चिमाहरुका हली हुन् र ? मिश्रसाबको औकात कास्कीमा देखीयो ?

डा. बाबुराम भट्टराईको कुरा के गर्ने ४ वर्षमा ३ पार्टीमा जानू भयो ? सुशीला कार्की माहाअभीयोग सबैलाई जानकारी नै होला?यस्ता जजहरुले फैसला गरेको नेता देशको भविष्य कसरी हुन सक्छ।

राजनिती र नेता प्रती यति सतही बुझाई बुद्धिमा बिर्को लागे पछि यस्तै सोच आउँछ, यस्ता सो बाट गायक, डान्सर, नाटककार, भाषणवाज हरु उत्पादन गर्न सकिन्छ, ख्याल राख्नुस कि नेताहरु राम्रो बक्ता हुन पनि सक्छन नहुन पनि सक्छन तर राम्रो बक्ता मात्रै नेता हुन सक्दैन, गान्धी ,मार्क्स, लेनिन अब्राहम लिंकन ,नेल्सन मण्डेला, चे ग्वेभारा ,मदन भण्डारी ,बिपि कोइरालाहरु यस्ता रियालिटी सो बाट नेता भएका होइनन!! हामीलाई थाहै छ । तर कस्ता दिनहरु उनका जीवनमा थिए भन्ने जस्ता वास्तविकतासँग नजिक बन्न सकियो भने अझै उनको जीवनी अध्ययन गर्नुको सार्थकता रहन्छ होला।

हरेक ब्यक्तिका जीवनमा भए घटेका घटनाहरू नै उसको परिचय बुझ्नका लागि काफी हुन्छ।घटनाहरू घट्ने क्रममा कहिले के-कस्ता स्थितिहरुको सामना गरेका छन् भन्ने बारेमा जान्ने उत्सुकता पनि हामीमा हुन सक्छ । त्यसो त कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्नु वा बुझ्नु छ भने उनको जीवनकालमा घटेका विभिन्न घटनाहरूलाई नै लिने गरिन्छ।जन्म देखि मृत्युसम्मको समय अवधिमा उनले गरेका उल्लेख्य काम तथा त्यो समयमा घटेका घटनाहरू नै प्रमुख रहने गर्छन् । जहाँबाट हामीले छिट्टै नै त्यस्ता व्यक्तिका बारेमा बुझ्ने अवसर प्राप्त गर्छौं । कोही किन त्यसै विश्वप्रसिद्ध भयो र के त्यस्तो काम उसले गर्यो भन्ने बारेमा बुझ्ने उत्सुकता सबैमा हुने गर्छ ।

गान्धी ,मार्क्स, लेनिन ,मार्टिन लुथर,किङ जुनियर, जेम्स लाव्सन, खान अब्दुल गफ्फार खान ,स्टिव बिको, अल्बर्ट गोरले, आङ सान सुकि, अब्राहम लिंकन ,नेल्सन मण्डेला, चे ग्वेभारा, मदन भण्डारी, बिपि कोइरालाहरु यस्ता रियालिटी सो बाट टिक मार्क लगाएर नेता भएका होइनन। जनताबाट निर्वाचित भएर नेता भएका हुन। त्यसैले नेता रियालीटि सो बाट होईन संघर्षको मैदानबाट आएको हुनुपर्छ।

प्रतिक्रिया