टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, टिपरमा आगजनी

admin

जनकपुरधाम, १० असोज :  जनकपुरधामको पीडारी चोकमा आज साँझ एक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ त्यु भएको छ। मृ त्यु हुनेमा आनन्द किशोर दास छन्। उनी भारतीय नागरिक रहेको जिल्ला प्रह री कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्रकुमार बस्नेतकाअनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना.७ ख ४७४८ नम्बरको टि परले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिप रले ठक्कर दिएपछि मोटरसाइकल टिपरको तल छिर्दा बस्नेतको टाउकोमा चोट लागेर गम्भीर घा इते भएका थिए। उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृ त्यु भएको प्रह रीले जानकारी दिएको छ। घ टनापश्चात आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्।

आगजनीबाट टिपर जलेर क्षतिग्रस्त भएको प्रह रीले जनाएको छ। आगजनीपछि प्रह री प्रशासनले भीडलाई नियन्त्रण गर्दै बारुण यन्त्रको सहायताले आगो निभाए पनि टिपर पूर्णरुपले क्षति ग्रस्त भएको छ।

प्रतिक्रिया