टिपरले बसलाई ठ’क्कर दिँदा ८ जना घा’इते

admin

पाल्पा : टिपरले बसलाई ठ’क्कर दिँदा पाल्पामा आठ जना घा’ इते भएका छन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ को बाँसटारीमा टिपरले बसलाई ठ’क्कर दिएको हो ।

दु’र्घटनामा घा’इते भएकाहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट बुटवलका लागि छुटेको लोड बोकेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ख ९९८२ बसलाई ठ’क्कर दिएको जिल्ला प्र’हरी कार्यालय पाल्पाले जनाएको छ ।

दु’र्घट’नामा बसका चालक रिब्दीकोट गाउँपालिका २ का ४५ वर्षीय केशव भट्टराई, रिब्दीकोट १ का २३ वर्षीय शालिकराम विक, त्यही ठाउँका ५८ वर्षीय चन्द्रबहादुर सुनार र बुटवल उपमहानगरपालिका ३ को रुपन्देहीकी १६ वर्षीया पूजा सुनार घा’इते भएका हुन् ।

त्यस्तै पूर्वखोला गाउँपालिका ३ की ३२ वर्षीया हिरादेवी राना, रिब्दीकोट गाउँपालिका ४ का ३४ वर्षीय शेरबहादुर थापा, तिलोत्तमा नगरपालिका ३ रुपन्देहीकी ७१ वर्षीया दुर्पता गैरे र नवलपरासीका योगेश घर्ती घा’इते भएका हुन् ।

प्रतिक्रिया