टीकापुरमा डल्फिन महोत्सव हुँदै

admin

कैलाली, २६ भदौ:  पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलालीमा डल्फिन महोत्सव आयोजना हुने भएको छ ।  ‘डल्फिनको संरक्षण संवद्धन तथा पहिचान पर्यटन विकासको अभियान’ भन्ने मूल नाराका साथ कैलाली होटल व्यवसायी संघको मुख्य आयोजनामा चौथो डल्फिन महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, देउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रा लगायत स्थानीय विविध संस्कृतिक कार्यक्रमको मज्जा लिन सकिने आयोजकले जनाएको छ । कैलालीको टिकापुर नगरपालिका वडा नं ७ ढुंगाना टोलमा गर्न लागिएको महोत्सव भाद्र २८ गते देखि भाद्र ३० गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई गर्ने छन । विशेष गरि नेपालकै भूभागमा पाईने दुर्लभ डल्फिनको प्रचारप्रसार र उचित संरक्षण गर्नको लागि डल्फिन महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया