टेकु अस्पतालमा कोरोना परीक्षण शुल्क यथावत

admin

काठमाडौं, कात्तिक २७ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण शुल्क यथावत् रहेको जानकारी दिएको छ। बिहीबार एक सूचना जारी गर्दै कोरोना परीक्षणमा २ हजार तिर्नैपर्ने व्यवस्था रहेको जानकारी दिएको हो।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र लक्षण देखिएको खण्डमा अस्पतालका कर्मचारीका लागि भने निशुल्क परीक्षण गरिने जानकारी दिइएको छ।

तर निशुल्क र सशुल्क गरी दिनमा बढीमा ३ सय जनाको मात्र पिसिआर परीक्षण गरिनेसमेत अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया