एजेन्सी : अमेरिकाको टेक्सास शहरको ओडेसा र मिडलण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बन्दुकधारीले गाडी कुदाउँदै अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो भने १६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा प्रहरी पनि रहेको बताइएको छ ।
गोली चलाउनुको उद्देश्यबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अमेरिकी हुलाक सेवाको गाडी चोरेर अज्ञात व्यक्तिले गोली चलाएको थियो ।
घटनामा दोहोरो फायरिङ हुँदा बन्दुकधारी समेत मारिएको छ । गत महिना टेक्सासमा २२ जनाको हत्या हु्ने गरी भएको गोलीकाण्डपछि यो दोश्रो ठूलो घटनाको रुपमा हेरिएको छ ।