टेलिभिजन क्षेत्रकै सर्वाधिक सफल शो ‘सिआइडी’ बन्द हुने भएपछि आक्रोशित भए सिआइडी इंस्पेक्टर दया

मनिषा थापा

एजेन्सी  :  सोनी च्यानलको सबैभन्दा चर्चित शो सिआईडी आगामी २७ अक्टोबरबाट अफ एयर हुने खबर आएको छ । यो शो उक्त च्यानलमा २१ वर्षदेखि चलगातार टेलीकास्ट हुँदै आएको छ ।

यति पुरानो शो बन्द हुने खबर बाहिर आएपछि फ्यान मात्र दुखी भएका छैनन् यसले शोका स्टारकास्टहरुलाई पनि अचम्मित बनाएको छ ।

सिआइडीमा इंस्पेक्टर दयाको अभिनयमा देखिएका दयानन्द शेट्टी त यो खबरले एकदमै आक्रोशित भएका छन् । हालै स्पोटब्याँयलाई दिएको एक अन्तरवार्तामा दयाले यो खबर आफ्नो लागि पनि एकदमै शकिङ भएको बताए ।

दयाले १२ अक्टोबरमा आफूलाई शो बन्द हुनेबारे सूचना मिलेको बताए । सोनी च्यानलले सिआइडीका लागि अरु एपिसोड शूट गर्न आवश्यक नभएको आफूलाई बताएको उनले बताए ।

‘हामीलाई थाहा छैन यो फैसला किन लिइयो । मलाई यस्तो लागिरहेको छ मेरो हात र खुट्टामा ब्रेक लगाइदिइयो ।’

दयाले त्यो शोसँग आफ्नो भावनात्मक सम्बन्ध भएको सुनाए । ‘थाहा छैन यसबाट सोनीलाई के समस्या थियो । यो शो २१ वर्ष पुरानो हो । हामी वर्षौंदेखिसँगै काम गर्दै थियौं । यदि जनावरीसम्म चलेको थियो भने २२ वर्ष पुग्थ्यो । मलाई थाहा छैन म यसलाई कति धेरै मिस गर्छु । मलाई लाग्दैछ मेरो जीवन मबाट अलग्याईदैँछ ।’

दया इंस्पेक्टरको रोलमा पहिलोपटक देखा पर्दा २६ वर्षका थिए यहीँ रोल गर्दा गर्दै आज उनी ४८ वर्षका भैसकेका छन् ।

उनले शो बन्द गर्न अघि कुनै नोटिस वा जानकारी नदिइएको बताए । पछिल्लो दुई वर्षदेखि शोलाई अलिक फरक ढंगबाट व्यवहार गरिँदैथियो उनले भने । कहिले सोमबार काटी दिइन्थ्यो, कहिले आइतबार हुँदा हुँदै शुक्रबारको त टेलीकास्ट नै बन्द गरियो ।

सिआइडी सोनी च्यानलमा केबीसीभन्दा पनि धेरै चर्चित भएको उनले बताए । यो शो नै सोनी च्यानलको खडा हुने आधार भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू