टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ कात्तिक: महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको ‘कर्डन एण्ड सर्च अप्रेसन’मा शङ्कास्पद र गैरकानूनी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा १४ महिला र १८ पुरुष रहेका छन् ।

यस्तै महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ३२ प्याकेट पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ टिचिङ अस्पताल पछाडिको गल्लीमा किराना पसल सञ्चालन गर्ने ३३ वर्षीय गीता शर्मालाई पक्राउ गरिएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको लम्सालले बताउनुभयो ।

प्रतिक्रिया