ट्युमरको शल्यक्रिया सफल भएपछि दोस्रो जिन्दगी पाए भन्दै अभिनेत्री श्वेताले लेखिन मन छुने पोष्ट

मनिषा थापा

पिएनपिखबर : चलचित्र ‘हेलो जीन्दगी’को छायांकनका लागि लण्डन पुगेकी श्वेता खड्कालाई च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएको छ।

शुटिंगकै क्रममा सहनै नसक्ने गरी पिडा भएपछि उनी अस्पताल पुगेकी थिइन। जाँच गराउँदा ट्युमर रहेको पत्ता लाग्यो र तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले उनी लण्डनबाट भारतको दिल्ली आएर शल्यक्रिया गराएकी हुन् ।

अभिनेत्री श्वेताले आफ्नो सामाजिक सञ्जालमा भावनात्मक पोष्ट शेयर गर्दै लेखेकी छिन्, ‘मेरो दोस्रो जिन्दगी, मसँग जिन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन्, जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जिन्दगीमा काम गर्न सक्ने अवस्थामा नरहेको जानकारी गराउनु पर्दा निकै दुखी छु । लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु । मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’

अन्त्यमा उनले लेखिकी छिन्, ‘यस घटनाबाट जीन्दगी अनिश्चित रहेछ भन्ने पाठ सिके। ‘हेलो जीन्दगी’ चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन । यस्तै बिएलके अस्पताल र डाक्टरहरुलाई धन्यबाद ।’

उनले आफ्नो शल्यक्रिया गर्ने डाक्टर सुरेन्द्रकुमार दाबास र नेपालबाट गएका डा. पंकजले पनि आफ्नो उपचारमा सहयोग गरेको भन्दै पोस्टमार्फत धन्यबाद दिएकी छिन। उक्त पोस्टमार्फत ट्युमरको शल्यक्रिया सफल भएको श्वेताले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया