ट्रकले पछाडिबाट ठक्कर दुर्घनामा एकको मृत्यु

कृष्ण रोकाया

राजविराज, १८ फागुन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँ मोटरसाइकलको पछाडि बस्नुभएको थियो । त्यस्तै चालक उहाँका पति दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ वर्षीय छोरा चेतनारायण सामान्य घाइते भएका छन् ।

घाइते उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प १६८७ नं को मोटरसाईकललाई विपरीत. दिशाबाट आउँदै गरेको ना ६ ख १३१७ नं को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । रासस

प्रतिक्रिया