ट्रम्पलाई खाममा विष हालेर पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ

अस्मिता बेल्बासे

एजेन्सी, ५ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ ।

विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् । तर ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी दिइएको छैनन् ।

ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्सासमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ । अमेरिकी कानुन प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् ।

कानुन प्रवर्तन अधिकारीहरुका अनुसार गएको हप्ता ट्रम्पलाई पठाइएको रिसिनसहितको प्याकेजलाई रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यसअघि भनेको थियो । त्यो पत्र क्यानडाबाट आएको सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी अधिकारीहरुले यो घटनामा पोस्टल सिस्टमको प्रयोग गरिएको बताएका छन् । वाशिङ्टनको ज्वाइन्ट टेररिज्म टास्क फोर्सलाई यो घटनाको अनुसन्धानको अधिकार दिइएको छ ।

अमेरिकी अभियोजनकर्ताहरुले ती महिलामाथि आरोप लगाउने आशा गरिएको छ । यसमा न्युयोर्क प्रहरीको विशेष युनिटले यो अनुसन्धान एजेन्सीलाई मद्दत गर्नेछ । 

प्रतिक्रिया