ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

admin

एजेन्सी,मंसिर ७ : चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी अदालतमा मुद्दा बोकेर हिंडिरहनु भएका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ ।

जो बाइडनको जीतविरुद्ध पेन्सिलभानिया राज्यको अदालत गुहार्न पुग्नुभएका ट्रम्पको मुद्दा न्यायाधीशले खारेज गरिदिएका छन् । ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको एक जिल्ला अदालतले खारेज गरिदिएको हो ।

बाइडनले जितेको प्रमाणित गर्न रोक्न माग गर्दै ट्रम्प अभियानले मुद्दा दायर गरेको हो । बाइडेनले ८० हजार भोटले चुनाव जित्नुभएको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पले हालेको मुद्दा खारेज गर्दिनुभएको हो ।

ब्रान लामो समयदेखि रिपब्लिकन समर्थक रहनुभएको पनि खबरमा उल्लेख छ । ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन नसकेको जनाइएको छ ।

प्रतिक्रिया