ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषको निधन

मनिषा थापा

काठमाडौं : ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरस्थित आकाशे पुलनजिकै भएको उक्त घटनामा घाइते बटुवालाई तत्काल उपचारका लागि बीर अस्पताल पुर्याइएको थियो । पहिचान नखुलेको घाइते पुरुषको बुधबार विहान निधन भएको हो ।

उनलाई ट्राफिक प्रहरी महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिएको थियो । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल प्रहरीले नै उपचारका लागि अस्पताल पुर्याएता पनि उनको बुधबार विहान चिकित्सकहरुले मृत्यु घोषणा गरेका थिए ।

चेकिङका लागि मंगलबार राति निस्केको उक्त गाडीमा बुढाथोकी थरकी महिला प्रहरी निरीक्षक रहेकी थिइन । गाडीका चालक विनोद गिरी र गाडीलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएर राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले घटनाको पुष्टि गरेका छन् ।

प्रतिक्रिया