ट्र्याक्टर र मोटरसाइकल ठो’क्किँदा श्रीमतीको मृ’त्यु, श्रीमान् र छोरी घा’इते

राष्ट्रिय समाचार समिति

 कञ्चनपुर ,मंसिर ७ : गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठो’क्किँदा एक महिलाको मृ’त्यु भएको छ। कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दु’र्घट’नामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्र’हरीले जनाएको छ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घा’इते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्र’हरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । ‘दुर्घ’ट’नामा परी बाबु र छोरीको अवस्था ग’म्भीर छ’, प्रवक्ता थापाले भने, ‘आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृ’त्यु भयो।’

दु’र्घट’नालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्र’हरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्र’हरी टोली दुर्घटनास्थल पुगेको थियो। प्र’हरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया