ट्विटर अकाउन्ट निलम्बितपछि कङ्गनाले भनिन्,‘मसँग अरू धेरै प्लेटफर्म छ’

admin

काठमाडौं, २१ बैशाख : बलिवुड अभिनेत्री कङ्गना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ । कङ्गनाले ने सोमबार पश्चिम बङ्गालमा हिंसाको दाबी गर्दै एक ट्वीट गरेकी थिइन्, उनको त्यो ट्वीटलाई ट्विटरमा कैयौँ व्यक्तिले हिंसक र भड्काउन प्रेरित रहेको बताएका थिए । केहीले कङ्गनाको ट्विटर अकाउन्ट रद्द गर्न माग गरेका थिए ।

यद्यपि कङ्गनाको अकाउन्ट किन निलम्बित गरिएको हो भन्नेबारेमा ट्विटरले अहिलेसम्म कुनै आधिकारिक कुरा सार्वजनिक गरेको छैन । ट्विटरमा कङ्गनाको पेजमा लेखिएको छ, ‘ट्विटरको नियम उल्लङ्घन गर्ने ट्विटर अकाउन्ट ट्विटरले निलम्बित गर्छ ।’ कङ्गनाले आफ्नो ट्विटर अकाउन्ट निलम्बित गरिएकोप्रति कडा प्रतिक्रिया आफूसँग अन्य प्लेटफर्म भएको बताएकी छिन् ।

कङ्गनाको टिमले एक विज्ञप्तिमा भनेको छ, ‘ट्विटरले मेरो नै पक्षलाई साबित गरिदिएको छ । मसँग सिनेमासहित धेरै प्लेटफर्म छन्, जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर यातना दिइएका, दास बनाएका र हजारौँ वर्षदेखि दबाएर राखिएका र अहिलेसम्म दुःदको अन्त्य नभएका देशका मानिसहरूको बारेमा मेरो हृदय दुख्छ ।’

प्रतिक्रिया