ठगीको आरोपमा तीन महिलासहित चारजना प’क्राउ

admin

काठमाडौं : एक महिलालाई लु’टेको आरोपमा महानगरीय प्र’हरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई प’क्राउ गरेको छ। ललितपुरको च्यासलबाट उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुर भारदेउकी ३० वर्षीया सुस्मिता डिम्डो र ललितपुर नल्लु घर भई चापागाउँ बस्ने २९ वर्षीया नबिन लामा बल तामाङ्गलाई प’क्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाकारी दिए।

उनीहरुले गत पुस १३ गते दिउँसो साढे २ बजे नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीलाई लुटेको प्र’हरीले जनाएको छ। ठकुरीले उक्त समूहले आफूसँग २ थान सि माला, १ थान पहेंलो पत्थर, १ थान टल्कने धातु र पुराना सिक्का १४ थान लुटेको प्र’हरीमा निवेदन दिएकी थिइन्।

त्यसपछि उनीहरुलाई उक्त सामग्रीसहित ललितपुर च्यासलबाट पुस २३ गते साँझ साढे ५ बजे प’क्राउ गरिएको थापाले जानकारी दिए।

प्रतिक्रिया