डढेलोले सखाप पारेको अष्ट्रेलियाको जंगलमा नयाँ पालुवा, जाग्यो आशाको किरण [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर : महिनौ देखि लागेको भयानक डढेलोले सखाप पारेको अष्ट्रेलियाको जंगलमा फेरी विक्षहरु पलाएपछि उक्त क्षेत्रमा आशाको किरण देखिएको छ। एनएसडब्ल्यू सेन्ट्रल कोस्टमा भएको आगलागी पछि डढेका रुखहरुमा पलाएको नयाँ पालुवा आशाको प्रतीकको रूपमा लिइएको छ।

त्यहाँका स्थायी फोटोग्रापर मुर्रे लोवले कुलनेरा  क्षेत्रमा उम्रिएका नयाँ पातहरुको सुन्दर दृश्य आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन्। सोमबार पोष्ट उक्त तस्बिर ४८मा ३७ हजारभन्दा बढीले शेयर गरेका थिए।

उनले उक्त तस्बिरमा क्याप्सन लेखेका छन् – ‘झाडीले आगोलाई कसरी प्रतिक्रिया दियो ? आगो लागेको स्थानमा खरानी भएका झाडीहरु आफै पुनर्जीवित भई पुनजीवन पाएको दृश्य डढेलो लागेको मैदानबाट कैद गरे।’उनले यी तस्बिर शेयर गर्न आग्रह पनि गरेका छन्।

‘कुनै वर्षा बिना नै रूखको मुटुबाट जलेको बोक्राबाट जीवन सकिन्छ र जीवनचक्र फेरी शुरु हुन्छ। झाडी फेरी जिउँदो भएको देख्दा साह्रै खुसी लाग्यो,” उनले लेखे।’

गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको हो ।यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ भने उद्दार गरिएको जनावरहरुको उपचार भईरहेको छ । आगोको कारण १२०० घरधुरी नष्ट हुनुका साथै हजारौं विगाहा जमीन ध्वस्त भएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू