डण्डीफोरबाट छुट्कारा पाउन यसरी लगाउनुहोस् अनुहारमा नुन

रिता घिसिंग

एजेन्सी : अनुहारमा डण्डीफोर आएर सुन्दरतालाई कायम राख्न सक्नु आजको आम मानिसको स्वास्थ्य चुनौतिको रुपमा आएको छ । बजारमा डण्डीफोर हटाउने अनेकौं क्रिम पनि आएका छन् तर त्यसले पनि काम नगर्दा चिन्तामा हुनुहुन्छ भने अप्नाउनुहोस घरेलु उपाय :

कसरी लगाउने
कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् ।

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगाउनुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् ।

भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् ।

नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

पिम्पललाई ननिचोर्ने
अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने हामी त्यसलाई निचोर्न थाल्छौं । जुन एकदम सरासर गलत कार्य हो । अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस् । पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढने गर्छ । यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस् । त्यो पिम्पललाई जति जिस्कायो, उति जिस्किन्छ र तपाईको अनुहारको सुन्दरता लाई कम गरिरहेको हुन्छ ।

प्रतिक्रिया