‘डब्लुएचओ’द्वारा कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी

अस्मिता बेल्बासे

एजेन्सी, १६ असार : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा भाइरसबाट अझै धेरै मानिस संक्रमित हुन सक्ने बताएका छन् ।

उनले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको बताए ।

केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वव्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न उनले आग्रहसमेत गरेका छन् ।

ती देशले महामारी लगभग नियन्त्रणमा लिएका छन् । ६ महिनाको अवधिमा विश्वभर संक्रमितको संख्या एक करोड दुई लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजारभन्दा धेरै छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित छ । महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उनको भनाई छ ।

प्रतिक्रिया