डब्ल्यूएचओद्वारा ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह

admin

एजेन्सी, ६ माघ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गराएका हुन् ।

ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ । गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिएका छन् ।

यस्तै, उनले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताएका छन् । यसअघि कोरोना विरुद्धको खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने डब्ल्यूएचओले जनाएको छ ।

प्रतिक्रिया