डलरको भाउ बढ्यो, हेर्नुहोस आजको विनिमय दर

रिता घिसिंग

असोज ९, काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ ७० पैसाले बढेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ १० पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ८४ पैसा र विक्रिदर ३२ रुपैयाँ रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ५६ पैसा र विक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ।

प्रतिक्रिया