डाक्टरकाे प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

admin

काठमाडौं, ९ माघ :  चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल अधिकृतको प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना भारतीयलाई प्र ह रीले प क्रा उ गरेको छ।

शनिबार सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी, बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई नेपाल प्र ह रीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

प क्रा उ पर्नेमा नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलीयाको भूमिका खेल्ने ३४ वर्षीय शशिभूषण सिंह र अमर्यादित कार्य गर्ने ३२ वर्षीय कृष्ण मुरारी छन्।

मिश्रा र सिंहलाई एलआरआई स्कुल कलंकी तथा मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङबाट प क्रा उ गरिएको व्यूरोले जनाएको छ।

प क्रा उ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

प्रतिक्रिया