डेंगुबाट एक किशोरको मृत्यु

राष्ट्रिय समाचार समिति

विराटनगर, २६ भदौ: डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् ।

उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया