डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

admin

डोटी, कात्तिक ४: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृ त्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घा इ ते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृ त्यु भएको इलाका प्र ह री कार्यालय जोरायलले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालयका अनुसार कामीको मृ त्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृ त्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिराका कारण मृ त्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृ त्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृ त्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिराका कारण १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृ त्यु, २५ घाइते र २० बे प त्ता भएका छन् ।

विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया