ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई बिरेन्द्रनगर नगर प्रमुख सुवेदिको कडा निर्देशन

admin

खगेन्द्र हमाल/ बिरेन्द्रनगर, १९ कात्तिक : योजनाहरु लिएर ढिला सुस्ती गर्ने ठेकेदार कम्पनीलाई तत्काल काम शुरु गर्न बिरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले कडा निर्देशन दिनुभएको छ।वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गर्ने कम्पनीलाई तत्काल काम शुरु नगरे नगरपालिकाले बिकल्प खोज्ने बेला भएको पनि जानकारी गराउनुभयो।एक वर्ष पहिले सम्झौता भइसकेका सडक योजनाहरुको काम शुरु नगरेपछि नगरपालिकाले ठेकेदारलाई यो पहिलो सचेत गराएको हो ।

स्थानीय जनप्रतिनिधि चुनिएको अढाई वर्ष तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दासमेत प्रदेशको राजधानी सहर वीरेन्द्रनगरका सडकको मर्मत सुधार नभएपछि यहाँ चौतर्फी आलोचना हुने गरेको छ । पछिल्लोपटक प्रहरीले प्रदेश सरकारका मन्त्रालयहरु आसपासका सडकका खाल्डाखुल्डी पुरेपछि नगरपालिकालाई झनै दबाब बढेको छ।नगरपालिकाको छलफलमा नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकालसहित नगरपालिकाका प्राविधिक तथा ठेकेदारहरुको सहभागिता थियो ।

नगरपालिकाले मंगलगढी–कांक्रेविहार, चक्रपथ, हटलाइन, फलाँटे–भुरीगाउँ र मुख्यबजारका सडकहरु मर्मत तथा स्तरोन्नति कार्यलाई तत्काल अघि बढाउनको लागि ठेकेदारलाई ताकेता गरेको हो । निर्माण व्यवसायीले बर्खा र चाडपर्वका कारण निर्माण कार्यमा ढिलाइ भएको बताएका पनि यति लामो समय भइसक्दा पनि उपलब्धिमुलक काम नभएको पनि जानकारी गराउनु भयो।

नगरपालिका भित्रका कतिपय कालोपत्रे गरेका सडकहरुको साईड लेण्ड र नालिहरु समयमा सम्पन्न नभएकोले पनि उक्त बिषयलाई चासोको रुपमा लिनुभएको हो।चालू आर्थिक वर्ष भित्र नै सडक मर्मत तथा स्तरोन्नति गर्ने गरी तत्काल काम अघि बढाउन निर्देशन दिएको बताउनुभयो । छलफलमा ठेकेदारहरुले ग्राभेल, नाली तथा पर्खाल निर्माणको काम अघि बढाउने र तापक्रम बढेपछि कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन।

प्रतिक्रिया