तनुश्रीले मलाई बारम्बार बलात्कार गरिन्, उनी केटी होइनन् : राखी

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय बलिउडमा मी टु अभियानले ठूलो हलचल पैदा गरेको छ। यसै क्यम्पियन मार्फत तनत्री दत्ताले नाना पाटेकरमाथि छेटछाडको आरोप लगाएकी थिइन्। उनकाे याे अाराेपका कतिपय बलिउड कलाकाहरूकाे समर्थन रहेकाे छ भने कतिपयले तुनश्री कै अालाेचना गरेका छन् ।

तुनश्रीले नाना पाटेकरलार्इ अाराेप लगाएपछि अहिले बलिउडकी आइटम गर्ल राखी सावन्त र उनीबिच लफडा चलिरहेको छ । राखीले पत्रकार सम्मेलन नै गरेर अाफ्नी पुरानी साथी तुनश्री दत्तामाथि गम्भिर आरोप लगाएकी छिन् । उनले भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’ उनले अगाडि थपिन- ‘तुनश्री केटी होइनन्। उनी लेस्बियन हुन् ।’

राखीले भनिन्, तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको तर उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको र नशालु पदार्थ खुवाएर अाफूलार्इ रेप गरेकाे अाराेप समेत लगार्इन् ।

राखीले उक्त पत्रकार सम्मेलनमा बलिउडमा थुप्रै लेस्बियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू