तातोपानी नाका आजबाट खुल्दै

admin

काठमाडौं, १२ कात्तिक : चीन-नेपाल तातोपानी नाका आजबाट खुल्दैछ । भूकम्पपछि बन्द भएर गएको असोज १९ गते खुलेको नाका कोरोना महामारीका कारण फेरी बन्द भएको थियो ।

नाका खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।

नाका खोल्न सीमा नजिकै बुधबार बैठक बस्ने भएको छ । चिनिया पक्षले कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बाणिज्य बिभागले जनाएको छ ।

प्रतिक्रिया