वाइडबडीको ठुलो माछा म आफै समात्छु : दिपेन्द्र कँडेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : इनोभेटर’ ई .दीपेन्द्र कँडेलले वाइडबडी खरिद नभई भाडामा लिइएको बताएका छन्। वाइडबडी नेपाल एयरलाइन्सले हाईफ्लाईसँग भाँडामा लिएको कँडेलको आरोप छ। अबको ६ महिनाभित्रै वाइडबडीको ठुलो माछा आफै पक्रिने दावी गर्दै उनले भने, ”वाईडबडीको ठुलो माछा विदेशी हो सानो भुरा माछा नेपालका छन्।”

वाइडबडीमा अध्धयन गर्नु अघि हेलिकप्टर दुर्घटना बारे अनुशन्धान गर्न जरुरी रहेको कँडेलको भनाई छ। उनले स्व. रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना हुनुमा सरकारको हात नभई कमजोर प्रविधिको कारण घटेको बताए।

उनले भने, ‘मलाई थाहाँभए अनुसार नेपालमा २२ हेलिकप्टर दुर्घटना भयो जुन एउटै प्रकृतिको थियो तर यति धेरै दुर्घटना हुँदा पनि सरकारले घटनाबारे अनुसन्धान गरेन।’ ताप्लेजुङ्गको हेलिकप्टर दुर्घटना अध्धयन गर्न एयरबसको टोली नेपाल आउने तयारीमा रहेको उनको बताएका छन्। बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू