‘तिम्रो ल्याङ्ग ल्याङ्ग’सिजन २ को ट्रेलर सार्वजनिक

पिएनपि खबर

२६ असोज, काठमाडौं: वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्गु’ सिजन २ को ट्रेलर सार्वजनिक गरिएको छ । पहिलो सिजनमा अत्यधिक दर्शकले रुचाएको सिरिजको दोस्रो सिजनको  ट्रेलरमा हाँसो रोदन प्रेम बिछोड आदि देखाईएको छ ।

युवा पुस्तालाई लक्षित गरेर बनाइएको सिरिजको ट्रेलर रोचक बनेको छ । यही कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युट्युब च्यानल र हिमालयन टेलिभिजनमा प्रत्येक सोमबार राती ८:३० बजे प्रसारण हुनेछ ।

पहिलो सिजनमा सिरिजका कलाकारहरूले कमेडी ड्रामा लिएर दर्शकहरूलाई हँसाएका थिए, त्यस्तै दोस्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिनेछ । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ, सुरेन्द्र मानन्धर, निश्चल जङ्ग थापा, किरण स्याङ्गतान आदि रहेका छन् ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन । सिरिजको सम्पादन भने निर्देशक स्वयम्ले गरेका हुन् । सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौँ उपत्यकामा नै गरिएको हो ।

 

प्रतिक्रिया