तिहारको अवसरमा साहिलको ‘रक्सीको तालैमा’ सार्वजनिक [भिडियो सहित]

admin

काठमाडौं, १९ कार्तिक : तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द÷संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ।


ज्ञानेन्द्र शर्माको छायांकन र सिलन लम्सालको सम्पादन रहेको भिडियोमा ‘स्ट्रकपप डान्स क्रु’को गज्जब नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेका हुन् । यो डान्स समुह के–पप वल्र्ड फेस्टिभलको विजेता समेत हुन् ।

‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ । पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन् । ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मनपराउनुहुन्छ,’ उनले भने ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया