तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, ७ साउन : हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ । गायक राजु परियार, सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ ।

जानुका लामिछाने निरौलाको शब्द रहेको गीतमा संगीत प्रभावन जेको रहेको छ । शंकर बिसीले निर्देशन गरेको भिडियोलाई बासु बरालले सम्पादन र नबिन घर्ति मगरले सम्पादन गरेका छन् । डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा शंकर बिसी, भावना लामिछाने र सरोज लामिछानेको फिचर्ड छ । पछिल्लो समय केहि तीज गीतका शब्दमा विकृतिहरु देखिएको छ भने उक्त सार्वजनिक ‘नजाऊ पियारी’ बोलको गीतमा मौलिक शब्द समावेश छन् ।

प्रतिक्रिया