तीन दिनदेखि हराएकी बालिका मृ’त फेला, ब’लात्कारपछि ह’त्या आ’शंका

admin

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृ’त फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृ’त भेटिएकी हुन्। ​ सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्र’हरीलाई दिएको थियो।

प्र’हरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको श’व सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए।

सोरु गाँउपालिका—९ कालै स्थायी ठेगान भएकी चौलागाईंको परिवपार केही समयदेखि तारापानी बस्दै आएका छन्। शनिबार तारापानीको घरनजिकै खेलिरहेकी लक्ष्मी हराएकी थिइन्। सोरु–८ का दानबहादुर शाहीले उनको श’व फेला पारिएको जानकारी दिएका हुन्।

प्रतिक्रिया