तीन पूर्व प्रधानमन्त्रीहरुद्वारा एकै मञ्चबाट सम्बोधन (भिडियोसहित)

admin

काठमाडौं, ३ भाद्र : तीनजना कम्युनिष्ट नेता तथा पूर्व प्रधानमन्त्रीहरुले बिहीबार एकै मञ्चबाट सम्बोधन गरिरहेका छन् । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले एकै मञ्चबाट सम्बोधन गरेका हुन् ।

समाजवादी केन्द्रले नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्क्रममा यी तीन नेताहरुले सम्बोधन गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यक्रम भइरहेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा वामदेव क्षेत्री (घिमिरे)द्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया