तीन बालकसँग अप्राकृतिक मै’थुन, ६० वर्षीय फ्रेन्च नागरिक प’क्राउ

admin

कास्की,  १६ मंसिर :  तीनजना बालकसँग अप्राकृतिक मै’थुन गरेको अभियोगमा एकजना फ्रान्सेली नागरिक प’क्राउ परेका छन्। पोखरा महानगरपालिका-६ खहरे बस्दै आएका ६० वर्षीय फ्रेन्च नागरिक क्रिस्टियन सेर्गे हेन्री न्यौगारेस्टलाई प्र’हरीले सोमबार प’क्राउ गरेको हो।

राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना बालकलाई यौ’न शो’षण गरिरहेको अवस्थामा प’क्राउ गरिएको हो। ती फ्रेन्च नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्र’हरीले जिल्ला प्र’हरी कार्यालय कास्कीको सहयोगमा प’क्राउ गरेको हो ।

नेपालमा बस्दै आएका विदेशी नागरिकहरु बाल यौ’न दुरुपयोग/शोषणमा संलग्न रहेको सूचनाको आधारमा ब्यूरोको पेशाले कम्प्युटर ईन्जिनियर उनलाई प’क्राउ गरेको हो। बालकहरुसँग अप्राकृतिक मै’थुन गर्दा गर्दै समातिएका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुलेको छ।

उनलाई बाल यौ’न दुरुपयोग तथा अप्राकृतिक मै’थुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्र’हरी कार्यालय कास्कीमा बुझाइएको छ। पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया