तीन रात प्रहरी हिरासतमा बसेर छुटे ‘सांसद’ मनाङे

admin

काठमाडौँ: अखिल नेपाल फुटबल संघ-एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद दीपक मनाङे जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्न म्याद लिएको तेस्रो दिनमै छुटेका छन्।

कास्की जिल्ला प्रशासन कार्यालयले मनाङेलाई ६ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। कास्की प्रहरीले शुक्रबार मात्र मनाङेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट दुई दिनको म्याद लिएको थियो। शनिबार सरकारी कार्यालय बन्द हुने भएकाले मनाङेलाई आइतबार जिल्ला प्रशासन कार्यालय लगिएको थियो।

फुटबल खेलको विवादमा मनाङेले गुरुङमाथि हातपात गरेका थिए। अभद्र व्यवहारको उजुरीपछि प्रहरीले मनाङेलाई गत बिहीबार लेक साइडस्थित एक होटलबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया